अनलाइनमा लिक भयो आमिर र अमिताभको ‘ठग्स अफ हिन्दुस्तान’


बलिउडको बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ रिलिज भईसकेको छ। आमिर खान र अमिताभ बच्चन अभिनित चलचित्र बलिउडका महंगा फिल्ममध्ये एक हो। आमिर र अमिताभका फ्यानहरुका लागि ‘ठग्स अफ हिन्दोस्तान’ पहिलेदेखि नै प्रतिक्षाको फिल्म थियो। तर, केही समिक्षकहरुले फिल्मको आलोचना गर्दै समीक्षा लेखेपछि भने निर्माताहरुले फिल्मको व्यापार खस्किने चिन्ता व्यक्त गरेका छन्।

समिक्षकहरुको ‘शिकार’ भएको ‘ठग्स अफ हिन्दोस्तान’ पाइरेसीको पनि शिकार बन्न पुगेको छ। यो फिल्म पुरै एचडी क्वालिटीमा अनलाइनबाट लिक भएको छ। तामिल रकर्स नामक अनलाइन साइट मार्फत फिल्म लिक भएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

ठूलो लगानी गरेर निर्माण गरिएको चलचित्रका लागि पाइरेसी पक्कै पनि ठूलो घाटाको विषय हो। फिल्म निर्माता र निर्देशकले फिल्म लिक गर्ने साइटविरुद्ध कानूनी प्रक्रिया अपनाउने तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन्।

SUBSCRIBE 👉