संयम एक, रुप अनेक – ‘पुन्टे परेड’


samyam-puriग्ल्यामर नेपाल, काठमाडौं । केही फिल्ममा बाल कलाकारको रुपमा अभिनय गर्दै फिल्म ‘सायद’बाट नेपाली रजतपटमा नायकको भूमिकामा उदाएका संयम पुरी अहिलेका चल्तीका कलाकारमा पर्दछन्। एकपछि अर्को फिल्ममा व्यस्त उनी अभिनित फिल्म ‘पुन्टे परेड’ आगामी साउन २ गतेबाट अल नेपाल रिलिज हुँदैछ।

फिल्ममा संयमलाई विभिन्न लुक्समा देख्न सकिन्छ। फिल्मको ट्रेलर हेर्ने हो भने पनि यो कुरा प्रष्ट हुन्छ। फिल्मका निर्देशक सुवास कोइराला फिल्ममा संयमको मुख्य रुप एउटै भए पनि अन्य रुपचाहिँ सम्झे पछि बनेको हो। ‘फिल्ममा संयम सत्र वर्षको केटाको भूमिका छन्, जसले भर्खरै एसएलसी पास गरेको हुन्छ र उसले क्याम्पसमा पहिलो पटक प्रवेश गरेको हुन्छ,’निर्देशक सुवासले भने,‘त्यो उमेरमा जोकोही विद्यार्थीको मनमा पनि म यो हुन पाए हुन्थ्यो भन्ने हुन्छ, यसमा पनि संयमले जे कुरा सोच्छ त्यही हुने भएकाले पनि उसलाई पोष्टरमा भिन्न भिन्न भूमिकामा देखिएको हो।’ सुवासका अनुसार फिल्ममा ‘इस्यु बेस्ड कमेडी’ रहेको छ।

नायक संयमले पनि आफ्नो भूमिकामा प्रति सन्तुष्ट रहेको बताए। ‘मैले अहिलेसम्म अभिनय गरेका फिल्म भन्दा यो फिल्ममा एकदमै फरक भूमिका रहेको छ,’संयमले भने,‘त्यसकारण पनि मेरो भूमिकाप्रति आम दर्शकले सकारात्मक दृष्टिकोण राख्नुहुनेछ।’

हरि महतले निर्माण गरेको फिल्ममा संयमका अलावा एञ्जिला दाहाल, निलु डोमा शेर्पा, रविन्द्र खड्का, नाजिर हुसेन र सरोज श्रेष्ठले प्रमुख भूमिकामा अभिनय गरेका छन् भने नायिका प्रियंका कार्की विशेष भूमिकामा प्रस्तुत हुँदैछिन्। सान मुभिज मेकर्सको व्यानरमा निर्मित फिल्ममा शान बस्न्यातको कथा र बाबु श्रेष्ठको छायांकन रहेको छ।

punte-parade-trailer-image

SUBSCRIBE 👉