भ्यालेन्टाइनमा समर लभ: पोस्टरमा हेर्नुहोस आशिष र रेवतीको केमेष्ट्री


विन भट्टराइको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’ले आफ्नो प्रदर्शन मिति तय गर्दै फस्टलुक पनि सार्बजनिक गरेको छ। प्रेम दिवसलाई लक्षित गर्दै यो फिल्म माघ २५ गतेबाट रिलिज हुने भएको छ। फस्टलुकमा मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई देख्न सकिन्छ। साथमा कलाकार सुरज सिंह ठकुरी र नायिका नम्रता सापकोटा पनि फस्टलुकमा देखिएका छन्।

रेवती क्षेत्रीको ग्ल्यामरस फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

यो फिल्मबाट आशिष र रेवतीले डेब्यु गर्दैछन्। आशिष फिल्ममा आउनु अगाडि मोडलिङमा व्यस्त थिए भने रेवती भारतको तर्फबाट ‘मिस इन्टरनेशनल’ विजेता हुन्। उनले भारतमा केही फिल्ममा अभिनयको अनुभव संगालिसकेकी छिन्। रेवतीले यसअघि ‘ग्याङग्स अफ नर्थवेस्ट’,‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता फिल्ममा काम गरिसकेकी छिन्। यो फिल्मलाई मुष्कान ढकालले निर्देशन गरेका हुन्। मुस्कानले ‘नाई नभन्नु ल ३’ निर्देशन गरेका थिए।

रेवती क्षेत्री अभिनित पहिलो म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

सुबिनको कथालाई सामिप्यराज तिमिल्सिनाले पटकथामा ढालेका छन्। फिल्ममा सुविन र सामिप्यको संवाद छ। नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता छन्। स्वपन सरकार र मनोज बिक सह–निर्माता रहेको फिल्मका लाइन प्रोड्यूसर एकराज तामाङ हुन्। फिल्ममा पुष्पन प्रधानको संगीत, सञ्जय लामाको छायांकन, अर्जुन जीसीको सम्पादन छ।

SUBSCRIBE 👉