रणवीर दीपिका विवाहको तस्बिरहरु बाहिरियो । दुबैले गरे ईन्स्टाग्राममा पोस्ट


बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणले बिहिबार साँझ एकसाथ बिहेको फोटो शेयर गरेका छन्। दीपिका र रणवीरले एकै खालका दुई फोटो इन्स्ट्राग्राममा पोस्ट गरेका हुन्। तस्बिरमा रणवीर परम्परागत पहिरनमा देखिएका छन्। दीपिका पनि गोल्डेन कलरको साडीमा देखिएकी छिन्।

यस्तै अर्को तस्बिरमा दीपिका र रणवीर सब्यसाचीको डिजाइन रहेको रातो परम्परागत पोशाकमा देखिएका छन्। जसमा दुबैले विभिन्न बहूमूल्य गहना लगाएको देखिन्छ।

इटालीको लेक कोमोमा बुधबार र बिहीबार उनीहरुको कोँकणी र सिन्धी परम्पराअनुसार विहे भएको हो। उनीहरुले तस्बिर शेयर गरेको क्षणभरमै लाखौंले लाइकका साथै बधाईको कमेन्ट लेखेका छन्।

SUBSCRIBE 👉