सानै उमेरमा दुवै हात र एक खुट्टा गुमाएकी गायिका कमला श्रेष्ठको म्युजिक भिडियो – ‘मोहनी लाएको‍’


सानै उमेरमा दुवै हात र एक खुट्टा गुमाएकी सञ्चारकर्मी तथा गायिका कमला श्रेष्ठको ‘मोहनी लाएको‍’ बोलको नयाँ गीत हालसालै रिलिज भएको छ। हाल कृत्रिम हातखुट्टाको सहारामा हिँड्डुल गर्ने गायिका कमला हिमालयन टेलिभिजनकी समाचार वाचिका हुन्। उनि युवा राष्ट्रिय प्रतिभा पुरस्कारबाट समेत पुरस्कृत भईसकेकी छिन्। कलाकार तथा सञ्चारकर्मी शिशिर भण्डारी र अमृता खनालले गीतको भिडियोमा अभिनय गरेका छन्।

दुर्गालाल श्रेष्ठको शब्द रहेको यस गीतमा नेपाल आइडलका निर्णायक समेत रहेका वरिष्ठ संगीतकार न्ह्यु बज्राचार्यको संगीत भरेका छन्। डोरेमी म्युजिक स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतका एरेन्जर गोपाल रसाइली हुन्। गीतको भिडियोलाई अर्का सञ्चारकर्मी सन्तोष खनालले निर्देशन गरेका हुन्।

SUBSCRIBE 👉