फिल्म निर्मण गर्दै नेपालकी पहिलो नायिका भूवन चन्द, नीता र मिरुना मुख्य हिरोइन


नेपाली चलचित्रकी पहिलो नायिका भूवन चन्दले अब चलचित्र निर्माण गर्ने भएकी छिन्। उनले, निर्माण गर्न लागेको चलचित्र ‘साइनो’को राजधानी पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरिएको छ। निर्मात्री चन्दले पारिवारिक प्रेम कथामा यो चलचित्र निर्माण हुने जानकारी दिइन्। चलचित्रलाई रमेश थापाले निर्देशन गर्दैछन् ।

शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, भूवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजा राजेन्द्र पोखरेको साथमा नव कलाकार राज कुमारको अभिनय रहनेछ।

अभिनेत्री मिरुनाले नेपालकी प्रथम अभिनेत्रीको फिल्ममा आफू आबद्ध हुनु पाउनु सौभाग्यको कुरा रहेको बताइन्। नयाँ कलाकार राज कुमार यसै फिल्मबाट आफ्नो अभिनय यात्रा शुरु गर्दैछन्।

काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक लगायतका स्थानमा ४० दिन लगायर फिल्म खिचिने बताइएको छ। चलचित्रमा अभिमन्यू निरबीको लेखन, बनिष शाहको सम्पादन, रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, रोशन विक्रम भट्टराइको एक्सन, बसन्त सापकोटाको संगीत रहनेछ।

यस अगाडि निर्माण भएको फिल्म ‘साइनो’मा सुपरहिट भएको थियो। जसमा अभिनेता भुवन केसी र अभिनेत्री तृप्ती नाडकर मुख्य भूमिकामा रहेका थिए।

SUBSCRIBE 👉