‘गरुड पुराण’को फस्टलुक: ब्यान्ड मास्टर नाजिर हुसेन


चलचित्र ‘गरुड पुराण’ले फस्टलुक्स पोस्टर सार्बजनिक गर्दै आफ्नो प्रदर्शन मिति समेत तय गरेको छ। माघ ४ गते प्रदर्शन मिति तोक्दै फिल्मले फस्टलुक्स पोस्टर सार्वजनिक गरेको हो। फष्टलुकमा अभिनेता नाजिर हुसेनलाई व्यान्ड मास्टरको रुपमा देखाईएको छ। अभिनेताहरु कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया र अभिनेत्री प्रियंका सिंह ठकुरी पोष्टरमा देखिएका छन्।

Nepali Film ‘Garud Puran’ First Look Poster

सुवास कोइरालाको निर्देशनमा तयार भएको यो चलचित्रमा लुनिभा तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छन्। यो चलचित्रमा अजित प्रजापति र अशोक गौतमले संयुक्त रुपमा लगानी गरेका छन्। पारिवारिक प्रेमकथामा आधारित फिल्म हास्यप्रधान जनरामा तयार गरिएको निर्देशक सुभाष कोइरालाले बताए।

रेनेशा बान्तवा राइको कोरियोग्राफी रहेकोे चलचित्रमा कोसिस क्षेत्रीको संगीत, कोशिस र मनिषा पोखरेलको गायन, सुसन प्रजापतिको छायाँकन, उज्ज्वल ढकालको सम्पादन छ।

SUBSCRIBE 👉