‘ड्रिम गर्ल’ नायिकालाई प्रेम प्रस्ताव राख्नेहरुको लर्को!


अभिनेत्री आश्मा गिरीलाई उनको चलचित्र ‘ड्रिम गर्ल’ले नामै परिवर्तन गरिदिएको छ। आजकाल उनलाई सिनेकर्मी देखि प्रशँसक सम्मले ड्रिम गर्लको नामले बोलाउँछन्। उनलाई मन पराउनेहरुले त ‘तिमी मेरी ड्रिम गर्ल’ समेत भन्दा रहेछन्।

आश्माको भनाईमा ड्रिम गर्लको तात्पर्य स्वप्न सुन्दरी हो,‘आफुले अभिनय गरेको चलचित्र ड्रिम गर्लबाट मलाई प्रसँसकले आफ्नो ड्रिम गर्ल भन्दा रमाईलो लाग्छ। प्रसँसकहरुको ड्रिम गर्ल बनेर उहाँहरुको मन मस्तिस्कमा बस्न पाउनु खुसीको कुरा हो नी।’ आष्माले भनिन्।

ड्रिम गर्ल भन्दा भन्दै उनलाई प्रेम प्रस्ताव राख्नेहरुको पनि कमी छैन्। कसैले मन पराउनु प्रेम प्रस्ताव राख्नुलाई उनी नराम्रो मान्दिनन्। त्यसो भन्दैमा आफुलाई आउने यस्ता प्रस्तावहरु अश्विकार गर्दा दुःखी नहुन पनि यी अभिनेत्रीको अनुरोध छ।

काठमाडौं कपनकी आश्मा ‘ब्याचलर अफ सोसियल स्टडिज’की विधार्थी हुन् । दुई वर्ष अघि मिस टिन नेपालमा सहभागी हुँदै मोडलिङ यात्रा थालेकी आश्माले अभिनय गरेको वेभ रिलिज ‘रङ टाईम’ गत वर्ष चर्चामा रह्यो । रङ टाईममा आश्माको अभिनय हेरेर निर्देशक ऋषी राज आचार्यले चलचित्र ड्रिम गर्लमा मुख्य नायिका बनाए।

७ मँसिरबाट रिलिज हुने यो फिल्ममा अभिनेता आकाश श्रेष्ठको जोडी बनेर आश्मा प्रस्तुत भएकी छिन्। आधा दर्जन चलचित्रमा काम गरिसकेका आकाशसँग चलचित्रमा सहकार्य गर्दा धेरैकुरा सिक्न पाएको उनले बताईन्। ड्रिम गर्ल रिलिजपछि आकाश र आफु चलचित्र जोडीको रुपमा स्थापित हुने आश्माको विश्वास छ।

यो चलचित्रमा आफुले आकाशको स्वप्नी सुन्दरीको भूमिका निर्वाह गरेको आश्माले बताईन्। सपनामा देखेकी सुन्दरीलाई बस्तविक जीवनमा देख्दा सम्मोहित हुने एक पात्रले ती स्वप्न सुन्दरीलाई पाउन गर्नु परेको सँघर्षमा यो चलचित्र केन्द्रित रहेको पनि आश्माले खुलासा गरिन्।

आश्माले यस अघि नै विभिन्न चलचित्रबाट अभिनय प्रस्ताव आएको थियो। तर आफ्नो पहिलो चलचित्र रिलिज नभई अरु चलचित्रमा काम नगर्ने अडान उनले लिईन्। ड्रिम गर्लपछि नयाँ चलचित्रमा अनुबन्धित हुने पनि यी अभिनेत्रीले प्रकाश पारिन्।

SUBSCRIBE 👉