प्रदिप र जसिताको ‘लभ स्टेशन’को राजधानीमा ‘इन्ड क्लाप’


प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को ललितपुरको गोदावरी रिसोर्टमा ‘इन्ड क्लाप’ गरिएको छ। तिहार अघि बाँकी रहेको तीन दिनको क्लाईमेक्स फाईट सिन सकेर केक काट्दै फिल्म निर्माण युनिटले फिल्मको इन्ड क्लाप गरेको हो। यसअघि प्रदिप र जसिताको जोडी मिलन चाम्सको ‘लिली बिली’ मा देखिएका थियो।

लिली बिलि हेर्न यहाँ क्लिक गर्नुहोस्

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। निर्देशक घिमिरेका अनुसार फिल्मको सबै दृष्यको छायाँकन सकिएको छ। अब बाँकी दुई गीत मध्य हिउँ राम्ररी परेपछि एउटा गीतको मनाङमा र अर्को गीतका आगामी अँग्रेजी नयाँ वर्षको छेका पारेर जापानमा छायाँकन गरिने छ।

चलचित्रको फस्ट लुक्ससँगै केही दिनमै रिलिज मिति घोषणा गरिने यसका प्रस्तुतकर्ता गोविन्द शाहीले बताए। प्रेमकथामा आधारित यो चलचित्रको दर्जिलिङ, कलिङपोङ, मिरिक, फिक्कल, कन्याम, इलाम, श्रीअन्तु हुँदै काठमाडौं उपत्यकामा छायाँकन गरिएको थियो।

लभ स्टेशनमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको मुख्य भूमिका छ। लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन्।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ। यो चलचित्रको निर्माण नियन्त्रक राजेन्द्र रावल हुन्।

SUBSCRIBE 👉