अशोक दर्जीको पूर्व प्रिन्सिपल र नायिका शिल्पा पोखरेलको बाहिरियो रोमान्टिक भिडियो


चर्चित बाल गायक अशोक दर्जीका पूर्व प्रिन्सिपल दिपक न्यौपाने र नायिका शिल्पा पोख्रेलको अन-स्क्रिन रोमान्स भिडियो बाहिरिएको छ। चर्चित गायक राजेश पायल ‘राई इज किङ्ग’को स्वर रहेको ‘मेरो मुटुको ढुकढुकी’ बोलको गीतको भिडियोमा यी दुईको रोमान्टिक पलहरुलाई समेटिएको हो। गीतमा मन्जुल मितेरीको शब्द र संगीत सुन्न सकिन्छ। बिज्ञान राईले निर्देशन गरेको यो भिडियो गोदावरीमा छायाङ्कन गरिएको हो। गीतको छायाङ्कन अर्जुन तिवारीले गरेका हुन्।

उर्लाबारी स्थित बेथेल एजुकेसनका संस्थापक प्रिन्सिपल दीपक न्यौपाने अशोक दर्जी भाइरल नहुँदा नै आफ्नो स्कुलमा अशोक र उनकी बहिनीलाई फ्रिमा पढ्ने व्यवस्था मिलाएका थिए। पछि टंक बुढाथोकी र दिपक न्यौपाने बीच आपसी मनमुटाब भएपछि अशोक दर्जीलाई दीपक न्यौपानेले उनका आमा बुबालाई जिम्मा लगाएका हुन्।

SUBSCRIBE 👉