दुई करोडको लगानीमा निर्माण भएको चलचित्र ‘रणबीर’को पहिलो पोस्टर


आगामी १८ माघबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘रणबीर’ निर्माण अन्तिम चरणमा पुगेको छ। चलचित्रको प्रदर्शन मिति २ महिना बाँकी रहँदा चलचित्र निर्माण पक्षले फस्ट लुक्स रिलिज गरेको छ।

अभिनेता शुशिल सिटौलको चरित्रलाई केन्द्रित गरेर फिल्मको फस्ट लुक्सको रुपमा नेपाली र अँग्रेजी टाईटलमा उनको एकल फोटो युक्त २ पोष्टर सार्वजनिक गरिएको हो। अभिनेता शुशिलले यो फिल्मको लागि ७० केजीबाट आफ्नो तौल १५ किलो बढाएर ८५ केजी तुल्याएका थिए। करिब नौ महिना नियमित जिम गरेर आफुले तौलसँगै शारीरिक सुगठन समेत यही फिल्मको लागि बनाएको पनि शुशिलले बताए।

यो चलचित्रलाई दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन्। निर्माता रेग्मीका अनुसार फस्ट लुक्सकै शुशिलको ‘क्यारेक्टर पोष्टर’ सार्वजनिक गरिएको हो। आफुहरुले १८ माघमा रिलिजको समय गत असारमा लिएर प्रचारमा उत्रिएकाले यो फिल्म सोही मितिमा आउने अर्की निर्माता गोमा बिष्टले बताएकी छिन्।

यो चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन्। चलचित्र एक्सन प्रधान कथाबस्तुमा आधारित रहेको निर्देशक सिंहले बताएका छन्।

शुशिल सिटौलासँगै यो फिल्ममा, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीक पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजालसहितको अभिनय छ।

चलचित्र रणबीर करिब दुई करोडको लगानीमा निर्माण भएको यसका निर्माता दीपेन्द्रले जानकारी गराए ।चलचित्रको दुई ओटा गीतबाहेक बाँकी सबै छायाँकन सम्पन्न भएको छ। बाँकी रहेको दुई गीत १५ मँसिरबाट छायाँकन गरिने पनि उनले बताए।

SUBSCRIBE 👉