अष्ट्रेलियामा झरनाको सेफ ल्याण्डिङ्ग (भिडियो)


jharana-bajracharya

ग्ल्यामर नेपाल, काठमाडौं । नो वरिज फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भएको फिल्म ‘सेफ ल्याण्डिङ्ग’को अष्ट्रेलियामा प्रिमियर गरिने भएको छ।

बसन्त भण्डारी र राहुल अग्रवालको निर्माण तथा सन्दिप मार्क जोसेफले निर्देशन गरेको फिल्म आगामी अगष्ट ९ र १० मा सिड्नीको सिभिक थिएटरमा प्रिमियर गरिन लागिएको हो।

निर्देशक जोसेफका अनुसार प्रिमियर शोमा बलिउडका सम्पादक मेघना अश्चित प्रमुख आर्कषणको केन्द्र बन्ने छिन्। मेघनाले बलिउडका ‘क्रेजी ४’, ‘रंग दे बसन्ती’ र ‘क्रिष’ लगायतका फिल्मको सम्पादन गरेकी छन्। ग्याङस्टार थ्रिलर शैलीको फिल्ममा झरना बज्राचार्य, निरज बराल, सुशिलराज पाण्डे, सुमिना घिमिरे, शिखा शाही, रवि गिरी र बीएस राणालगायतको अभिनय रहेको छ। फिल्ममा जोसेफको कथा, दीर्घ खड्काको सम्पादन, शान बस्न्यातको पटकथा, राजन इसानको संगीत तथा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ।
safe-landing-video-image

SUBSCRIBE 👉