शिल्पा पोखरेल र दुर्गेश थापाको रोमान्सले भरिपुर्ण म्युजिक भिडियो


गायक कर्णराज गिरिको ‘त्यही केटीले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। कर्णराज गिरिले युट्युवमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन्। बजारमा सार्वजनिक भएसँगै गीत निकै चर्चा पाएको छ। ‘ह्याङ बनायौ’, ‘भाइरल भयो रे’, ‘फर्क परदेशी’, ‘देश रोइरहेको छ’, मेरी आमा’ जस्ता गीत गायर चर्चामा आएका कर्णराज गिरिले ‘त्यही केटीले’ बोलको गीत बजारमा ल्याएका हुन्।

गीतले दर्शक स्रोताको मन जित्ने उनले विश्वास लिएका छन्। गीतका शब्द जीवन बिसीका हुन्। म्युजिक भिडियोमा नेपालका नाम चलेका कलाकार शिल्पा पोखरेल र दुर्गेश थापाको दमदार अभिनय रहेको छ। गीतमा गायक कर्णराज गिरिले आफै संगीत भरेका हुन्। क्रान्ति केसीले भिडियोको निर्देशन तथा सम्पादन गरेका हुन् भने भिडियो काठमाडौँ भित्रैको भूगोललाई केन्द्रमा राखेर निर्माण गरिएको छ।

SUBSCRIBE 👉