साउथ इन्डियन फिल्मी शैलीमा ‘रणवीर’को टिजर


माघ १८ मा रिलिज हुने सिनेमा ‘रणवीर’को टिजर सार्वजानिक भएको छ। यो सिनेमा गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको हो। सिनेमाले फर्स्ट लुक पोस्टर र मोशन पोस्टर सार्वजनिक गरेपछि टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरमा फिल्मका दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकारबीचको द्वन्द्वलाई देखाइएको छ।

अघिल्ला सिनेमाको तुलनामा सुशील यसमा फेरिएका छन्। उनले शारीरिक रुपमा पनि आफूलाई परिवर्तन गरेको पाइन्छ। फिल्ममा प्रशान्त नेगेटिभ क्यारेक्टरमा देखिएका छन्। एक्सन जनरको फिल्मको टिजरमा यी दुई बीचकै टक्कर र बदलाको भावनालाई चित्रण गरिएको छ।

‘रणवीर’को टिजर हेर्न यहाँ क्लिक गर्नुहोस्

महङ्गो बजेटमा तयार भएको सिनेमालाई गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेका हुन्। यो सिनेमाको कथा, पटकथा र संवाद पनि निर्देशक गोविन्द सिंह भण्डारी कै रहेको छ। सिनेमामा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय छ।

सिनेमामा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ। पछिल्लो समय लभस्टोरी र कमेडी शैलीका फिल्म आइरहेका बेला रणवीर भने एक्सन र थ्रिलले भरिपूर्ण छ।

SUBSCRIBE 👉