एक जमानामा फिल्म होस् या एल्बम, जताततै शम्भुजित बाँस्कोटाको संगीत अनिवार्य हुन्थ्यो। कतिपय फिल्मकर्मी तथा गायक/गायिका उनको संगीतका लागि महिनौँ कुर्थे। तर, ती सबै कुरा अहिले एकादेशको कथाजस्तै भएको छ। सुरेश अधिकारी, महेश खड्का, वसन्त सापकोटाजस्ता संगीतकारको उदयसँगै शम्भुजित छायाँमा परे। हिजो उनको संगीतका लागि महिनौँ कुर्ने फिल्मकर्मी नै अहिले उनलाई ‘बाल’ दिँदैनन्। एकाध फिल्ममा संगीत दिने मौका पाए पनि शम्भुजित हिट हुन सकेका छैनन्। तीतो भए पनि यथार्थ यही हो तर पनि शम्भुजितलाई पहिलेको ‘ह्याङ्’ छुटेको रहेनछ भन्ने हालै प्रमाणित भएको छ। एक एल्बम विमोचन कार्यक्रममा उनले ‘शिशिर योगीलाई फत्तेमान बनाउँछु’ भनेर गफ लगाएपछि उनी आफैँ कार्टुन भए। एक संगीतकर्मी व्यंग्य गर्दै थिए, ‘आफ्नै विरासत जोगाउन नसकेका बेला अरूलाई यस्तो र उस्तो बनाउँछु भन्न पनि कसरी सकेका होलान् ?’ – नेपाल साप्ताहिक
भर्खरै पोस्ट गरिएको
सम्बन्धित थप पोस्टहरु
आफ्नै भिडियोले सुष्मालाई तनाव!
लकडाउनले गर्दा घरैमा थुुनिएका दर्शकहरू अहिले समय कटाउन अनेक क्रियाकलापमा व्यस्त छन्। पुरानो फोटोमा कमेन्ट गर्ने ट्रेन्ड त मौलाएकै थियो, अहिले आएर कलाकारका पुराना...
बासकोटाको फिल्ममा विल्सनले ‘चौका दाउ’ हान्ने
चौका दाउका कलाकारहरुमा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह चयन भईसकेको घोषणा सो कार्यक्रममा गरिएको छ। यस्तै निर्मल शर्मा, प्राज्ञहरु रमेशरञ्जन झा, पुष्करबहादुर गुरुङ पनि बिशेष भूमिकामा रहेको जानकारी गराईयो। यसका नायक र नायिको चयन हुँदै गरेको पनि जानकारी गराईयो।
शम्भुजितलाई धर्मराज-सावित्री सम्मान
धर्मराज थापा सावित्री गुठीले वरिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटालाई ‘धर्मराज-सावित्री सम्मान’बाट सम्मानित...
बास्कोटालाई धर्मराज सावित्री थापा सम्मान
लामो समयदेखि नेपाली लोकगीत, गायन, संगीतका क्षेत्रमा योगदान पुर्याउदै आएका संगीतकार शम्भुजित बाास्कोटालाई ‘धर्मराज-सावित्री थापा गुठी’ पुरस्कारबाट सम्मान गरिने...
राहत कोषमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको तीन लाख
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र कर्मचारीहरुले संकलन गरेको तीन लाख ४५ हजार ३ सय ७३ रुपैंया प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई हस्तान्तरण...
निर्देशकसँग महिमाको हिमचिमको हल्ला
ग्ल्यामर नेपाल, काठमाडौं । महिमा सिलवाल अभिनित एउटा फिल्म हिट भएको छैन तर पनि उनलाई भ्याइनभ्याई छ। पाँच फ्लप फिल्मकी नायिका महिमाको चौध फिल्म रिलिजको पर्खाइमा छन्। तर...