चौका दाउ ट्रेलर: बर्षा राउत भनेपछि मरिहत्ते गर्ने को को ?


पुस २७ गते प्रदशर्न मिति तय गरेको फिल्म ‘चौका दाउ’को ट्रेलर रिलिज भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको गरिएको हो। कमेडीले भरिपुर्ण रहेको ट्रेलरमा फिल्मका कलाकारको पात्र परिचयलाई पनि जोड दिइएको छ।

ट्रेलरमा विल्सन विक्रम राई, सन्तोष पन्त, रवीन्द्र झा, तैयव शाहलाई नायिका वर्षा राउतको पछि परेको दृश्यहरु छन्। ट्रेलरको अन्त्यमा वर्षाले उनीहरुलाई फसाएको देखाइएको छ। पूणेन्दु झाले निर्देसन गरेको यो फिल्ममा वर्षा, विल्सन विक्रम, रवीन्द्र, सन्तोष, तैयबसँगै अजस्र ढुंगाना, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, सागर सिग्देल लगायतको अभिनय छ।

‘चौका दाउ’ कमेडी प्याक्ड ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

शम्भुजित बाँस्कोटाको कथा र संगीत रहेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजित बाँस्कोटाले निर्माण गरेका हुन्। अभिमन्यू निरवीले लेखेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी रहेको छ। दीर्घ गुरुङले खिचेको फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉