प्रेमिकासँग ६ लाखको लफडा, ‘होस्टेल’ निर्देशक हेमराजलाई ठगीको आरोप !


hemraj-bc-and-hima-shrestha-1

ग्ल्यामर नेपाल, काठमाडौं । अघिल्लो वर्षको ब्लकबस्टर फिल्म ‘होस्टेल’का निर्देशक हेमराज विसीले मंगलबार आफ्नो दोस्रो प्रोजेक्ट ‘सम्बोधन’को फस्टलुक पोस्टर रिलिज गरे। त्यसैले आजको दिन उनको निकै सुखद हुनु पर्ने हो। विडम्बना यो सुखद पलमा पनि उनी रमाउन पाएनन्। कारण, मंगलबार नै पूर्वप्रेमिका हिमा श्रेष्ठले ठगको आरोप लगाउँदै आफ्नो फेसबुक वालमा हेमराजको फोटो राख्दै स्ट्याट्स अपलोड गरिन।

फेसबुकमा हिमाले लेखेकी छिन्, “यो ठगदेखि सबैजना होसियार। मलाई जस्तो तपाईंलाई पनि ठगेर फिल्म बनाउन सक्छ। यसले पैसाको लागि जे पनि गर्न सक्छ । मलाई त फसायो, तपाईंहरुलाई पनि फसाउन सक्छ। आजबाट निर्देशक हेमराज बिसी होइन्, ठग भनेर चिन्नु होला। रुमबाट बेडमात्र छोडेर फरार भएछ ।” उनले सँगै खाली बेडको फोटो पनि पोस्ट गरेकी छिन्। हेमराजको निर्देशन रहेको फिल्म ‘जिन्दावाद’ (सुरुमा फिल्मको नाम जिन्दावाद राखिएको थियो) मा करिब ६ लाख रुपैयाँ आफूले लगानी गरेको हिमाको दाबी छ।

hima-shrestha-FB-status-for-Hemraj-BC

Hima Shrestha’s Facebook Status Screen Shot

हिमाले यति कडा फेसबुक स्ट्याट्स राखेपछि हेमराजले व्यक्तिगत कुरालाई लिएर आफ्नो बदनाम गर्न खोजेको भन्दै कानुनी प्रक्रियामा जाने प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, ‘फिल्ममा पैसा लगाएको भन्ने प्रमाण खोई ? प्रमाण विना जे पनि बोल्न पाइन्छ ?’ उता, हिमा भने सुटिङ सेटमा बोलाएर सामान किन्न भन्दै पैसा मागेकोले आफूसँग प्रमाण नभएको बताएकी छिन्।

१२ वर्षीया एक छोरीकी आमा समेत रहेकी हिमा र हेमराज करिब ५ महिनादेखि लिभिङ टुगेदर रहेको बताइन्छ। केही समयको अफयेर पछि उनीहरुको ब्रेकअप भएको थियो। हिमाले सम्बन्ध टुटे पनि ६ लाख नछोड्ने चेतावनी दिएकी छिन् भने हेमराजले भने ब्रेकअपको रिस फेर्न आफ्नो बेइजत गरेको आरोप लगाएका छन्।

SUBSCRIBE 👉