दर्शकलाई प्रदीप र जसिताको ‘भ्यालेन्टाईन्स-डे’ उपहार


Actor Pradip Khadka and Actress Jassita Gurung

‘लिली बिली’ फिल्मबाट चर्चामा रहेका जोडी प्रदीप खड्का र जसिता गुरुङले यो वर्षको प्रणय दिवस (भ्यालेन्टाईन्स-डे) को अवसरमा आफ्ना प्रिय दर्शकलाई उपहार दिने भएका छन्।

प्रदीप र जसिताले आफ्नो पछिल्लो फिल्म ‘लभ स्टेशन’को पहिलो गीत ‘चाहिँदैन घाम जुन…’को भिडियो दर्शकलाई भ्यालेन्टाईन उपहारको रुपमा प्रणय दिवस कै यु ट्युव मार्फत दिन लागेका हुन्। यो फिल्म नयाँ वर्षको अबसर पारेर आगामी चैत २२ गतेबाट अल नेपाल रिलिज हुँदैछ।

भियतनाम मा छायाँकन गरिएको यो गीतको भिडियो प्रदीप र जसिताको अहिले सम्मकै सुन्दर स्थानमा छायाँकन गरिएको भिडियो सावित हुने निर्माण पक्षले विश्वास लियको छ।

दीपक शर्माको शब्द संगीत रहेको यो गीतलाई सुगम पोखरेल र रेश्मा पुनमगरले गाएका हुन्। गीतसँगै भिडियो पनि उत्कृष्ट बनेको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले बताएका छन्।

अभिनेता प्रदीप खड्काले बिगतको सिनेमा भन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक सिनेमा बनेको बताएका छन्। यो पारिवारिक तथा सांगीतिक प्रेमकथामा आधारित रहेको र अहिलेसम्मको काम प्रसँसनीय भएको प्रदिप को भनाई छ। नयाँ गीत घाम जुन नै चाहिँदैन पनि साह्रै मिठो र भिजुअल रुपमा निकै सुन्दर बनेको उनको कथन छ। आफ्ना प्रसँसकका लागि भ्यालेन्टाईनमा यो आफु र जसिताको सुन्दर र मिठास उपहार हुने विश्वास प्रदीपको छ।

चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो। चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन्।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन्। आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ।

SUBSCRIBE 👉