‘लभ स्टेशन’को गीतमा रोमान्टिक देखिए प्रदीप र जसिता

‘लभ स्टेशन’ फिल्मको एक गीत रिलिज ‘भ्यालेन्टाईन्स डे’को अवसर पारेर रिलिज गरिएको छ। भियतनाम र इन्डोनेशियाको विभिन्न स्थानमा शुटिंग गरिएको भिडियोमा प्रदीप र जसिता रोमान्टिक मुडमा देखिएका छन्।


प्रदीप खड्का र जसिता गुरुङ अभिनित फिल्म ‘लभ स्टेशन’को एक गीत रिलिज भएको छ। फिल्ममा समावेश गरिएको ‘घाम जुन चाहिदैन’ गीतको भिडियो प्रणय दिवसको अवसरमा रिलिज गरिएको हो। गीतको भिडियोमा प्रदीप र जसिता रोमान्टिक मुडमा देखिएका छन्।

दीपक शर्माको शब्द सङ्गीत रहेको यो गीतमा सुगम पोखरेल र रेश्मा पुन मगरले आवज दिएका छन्। यो गीतको भिडियोको छायांकन भियतनाम र इन्डोनेशियाको आकर्षक स्थानहरुमा गरिएको हो।

‘लभ स्टेशन’को “घाम जुन चाँहीदैन…” गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

उज्ज्वल घिमिरेको निर्देशनमा बनेको यो फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ। गोविन्द शाही, काफिया शाही र कविर बिक्रम शाहीको लगानीमा निर्माण भएको यो फिल्म चैत २२ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ।

SUBSCRIBE 👉