नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको प्रेम!


Actor Pradeep Khadka & Actress Jassita Gurung

नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको अभिनिय रहेको फिल्म ‘लभ स्टेसन’को ट्रेलर रिलिज गरिएको छ। राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा फिल्मका नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ। उज्जवल घिमिरेले निर्देशन गरेको फिल्मको ट्रेलरमा प्रदीपसँग जसिताको रिस र प्रेम देखाइएको छ।

फिल्ममा कुनै पात्र लामो समयदेखि हराएको र अभिनेता प्रदीप खड्का त्यो पात्रको खोजीमा रहेको पनि ट्रेलरमा देखाईएको छ। गोविन्द शाही प्रस्तुतकर्ता रहेको फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ।

काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेको फिल्ममा आलोक शुक्लाको छायांकन छ। यो फिल्म आगामी चैत २२ गतेबाट रिलिज हुँदैछ।

‘लभ स्टेसन’को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

LOVE STATION: Pradeep Khadka & Jassita Gurung

SUBSCRIBE 👉