नायक जीवनको व्यस्तताको राज !


jivan-luitel जीवन लुईंटेल अहिलेका सर्वाधिक व्यस्त नायक हुन्, यसमा द्विविधा छैन। खास गरी रिदम हिट भएपछि जीवनको व्यस्तता चुलिएको हो। उनका अन्य फिल्मको व्यापार पनि औसत नै छ। तर, यतिले मात्र उनले भटाभट फिल्म पाएका होइनन् भन्ने चर्चा चल्न थालेको छ। सुन्नमा आए अनुसार अचेल जीवन आफूलाई हिरो बनाए अस्ट्रेलियामा फिल्म प्रिमियरको चाँजोपाँजो मिलाइदिने आश्वासन दिँदै हिँड्न थालेका छन। उनकी पत्नी अधिकांश समय ऑस्ट्रेलियामै बस्ने भएकाले निर्माताहरू उनको कुरा पत्याइहाल्छन् र फिल्ममा काम गराउँछन्। तर, सुटिङ् सकिएपछि जीवन सम्पर्कमै नरहने एक फिल्मकर्मीले दुखेसो पोखेका छन्। नम्बर वान भनिएकै हिरोको त यस्तो हालत रहेछ भने अरू हिरोको कस्तो होला ?  – नेपाल साप्ताहिक 

SUBSCRIBE 👉