अमेरिकाको ब्रान्डेड स्टोर ‘मेसि’ज को स्टाइल एम्बेसडरमा विमलेस अधिकारी नियुक्त


मोडल तथा अभिनेता विमलेश अधिकारी अमेरिकाको लोकप्रिय ब्रान्डेड स्टोर मेसिजका लागि स्टाइल एम्बेसडर नियुक्त भएका छन्। तीन वर्ष देखि अमेरिकामा बस्दै आएका विमलेशले दुई सय भन्दा बेसी म्युजिक भिडियो तथा केही चलचित्रहरुमा अभिनय गरिसकेका छन्।

र्‍याम्प मोडलका रुपमा फेसन क्षेत्रमा देखा परेका विमलेशले केही छापा तथा टेलिभिजन विज्ञापनमा पनि आफूलाई प्रस्तुत गरिसकेका छन्। स्टाइल एम्बेसडरका रुपमा विमलेशले मेसिजमा विक्री हुने ब्रान्डहरुको प्रवर्द्धन गर्नेछन् भने मेसिजको प्रचार सामाग्रीमा विमलेश स्टाइल एम्बेसडरका रुपमा फिचर हुनेछन्।

सन् १८५८ मा स्थापना भएको मेसिज् अमेरिकाको सर्वाधीक लोकप्रिय ब्रान्डेड डिपार्टमेन्टल स्टोर मध्येको एक हो । विश्व प्रसिद्ध फेसन ब्रान्डहरु उपलब्ध हुने यो स्टोरको अमेरिकाभरिमा सात सय चालिस वटा शाखाहरु छन् । यसले अनलाइन शपिङको सुविधा पनि प्रदान गर्दै आएको छ।

SUBSCRIBE 👉