आफ्नो पतिलाई सेक्सी वुमनका रुपमा देखेपछि…


kareena-kapoor

बलिउड अभिनेत्री करिना कपुरले हाल रिलिज भइरहेका फिल्म ‘हमसकल्स’ हेर्नै पाएकी रहिनछिन्। अभिनेता तथा निर्माता पति सैफ अली खानले अभिनय गरेको उक्त फिल्म नायिकाले रोहित सेठ्ठीको फिल्म ‘सिंघम रिटन्र्सस’ मा व्यस्त बनेपछि उनले फिल्म हेर्न पाएकी छैनन्।

स्रोतका अनुसार सैफ अभिनित फिल्मको ट्रेलरमा सैफलाई सेक्सी वुमनका रुपमा देखेपछि नायिका करिना निकै हाँसेकी थिईन्। एक अन्तर्वाताका क्रममा उनले आफ्ना मनपर्ने निर्देशकका दुई फिल्म ‘सिंघम रिटनर्स’ र ‘पी.के.’ हेर्ने बताएकी थिईन्। ‘पी.के.’ विनोद चोपड़ा फिल्म्स र राजकुमार हिरानी फिल्म्सले डिजनी इण्डियाको सहयोगमा बनाइएको हो।

SUBSCRIBE 👉