मिलन चाम्सको ‘गोर्खा वारियर’ : वीर गोर्खालीहरुको नलेखिएको एउट गौरव गाथा [टिजर रिलिज]


मिलन चाम्सको निर्देशनमा निर्मणाधीन फिल्म ‘गोर्खा वारियर’ को टिजर रिलिज गरिएको छ। स्क्रिन टेस्ट टिजर भनिएको करिव १ मिनेट ३० सेकेण्डलामो भिडियो सोमबार चाम्स ईण्टरटेनमेन्टको यु-ट्युब च्यानल मार्फत सार्वजनिक भएको हो। वीर गोर्खालीको कथामा निर्माण भएको यो फिल्ममा दयाहाङ राई, वर्षा सिवाकोटी, विजय लामा, माओत्से गुरुङ लगायतका कलाकारहरुको अभिनय छ।

लण्डन सिने आइ प्रोडक्सनको व्यानरमा निर्माण भईरहेको यो फिल्मको लण्डनमा वर्ल्ड प्रिमियर गरिने र २०२१ मा विश्वभर प्रदर्शनमा ल्याइने बताईएको छ। फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्।

SUBSCRIBE 👉