उमासँग जीवनले नयन मिलाएपछि


jiwan-luitel1-1

ग्ल्यामर नेपाल, काठमाडौं । ननस्टप क्रिएसन प्रोडक्सनको व्यानरमा अजिता सुमार्गीले निर्माण गरेको फिल्म ‘शीशा’ साउन २३ गते अल नेपाल रिलिज हुने भएको छ। फिल्मले नेपाल र सिक्किमको प्रेमकथालाई प्रस्तुत गरेको छ। आरबीके शरदले निर्देशन गरेको फिल्मको गीतमा लक्की सिटौलाको शब्द र संगीत छ। फिल्ममा रागिनी खड्गी, निर्मल सेन्चुरीलगायतको अभिनय हेर्न पाइनेछ। फिल्ममा भारतीय फूटबल खेलाडी भाइचुङ भुटियाको विशेष भूमिका रहेको छ। स्वरुपराज आचार्यको स्वर रहेको ‘मखमली नयनसँगै’ बोलको गीतमा अभिनेता जीवन लुइँटेल र नायिका उमा बेबीको रोमान्स हेर्न पाईन्छ।

कृष्ण आचार्यको लेखन, लक्की र मनोज सिंहको संगीत, नवराज सिलवाल र आरबीके शरदको शब्द, कमल राईको नृत्य, अस्ट महर्जनको द्वन्द्व र रामकुमार केसीको छायांकन फिल्ममा छ। निर्देशक शरदका अनुसार फिल्मले मानिसको जीवन शीशा जस्तै भएकाले कुनै गल्ती नगरी जीवन सुन्दर तरिकाबाट जिउने सन्देश दिएको छ।

kiwan-luitel-shesha

SUBSCRIBE 👉