उपासना ईन – वर्षा आउट


फिल्म ‘२ नम्बरी’मा अभिनेता सौगात मल्लसँग अभिनेत्री उपासना सिंह ठकुरी देखिने भएकी छन्। यसअघि अभिनेत्री वर्षा राउतले यो फिल्ममा काम गर्ने पक्का भएको थियो। तर, वर्षा बाहिरिए सँगै निर्माण युनिटले उपासनालाई भित्राएको हो। फिल्ममा अब दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र भुटानी नायिका उगेन छोदेनको मुख्य भूमिका रहनेछ।

उपासनासँग फिल्म निर्माण युनिटले कागजी सम्झौता गरेको छ। उपासनाले यो फिल्ममा काम गर्न पाउँदा आफू खुशी भएको बताइन्। उनले अभिनेता सौगातसँग काम गर्ने आफ्नो चाहनालाई ‘२ नम्बरी’ले पुरा गरेकोमा आभार व्यक्त गरिन्।

चैत्रको तेश्रो साताबाट पुनः छायांकनमा जानलागेको यो फिल्म आउँदो वर्षको कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरिएको छ। दुई साथीको कथा भन्ने फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन्। फिल्मको कथावस्तु अझै परिमार्जन गरेर बलियो बनाएको निर्देशक लामाले बताए।

यो फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन् ।फिल्ममा दीपक मनाङ्गे र अमला देवी राइको लगानी रहनेछ। फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन्।

SUBSCRIBE 👉