डान्सबारमा रोमान्टिक जीवन–लक्ष्मी


Jiwan-Luitelग्ल्यामर नेपाल, काठमाडौं । नायक जीवन लुइटेल नायिका लक्ष्मी बस्नेतसँग राजधानीको एक डान्सबार रोमान्स गर्दै गर्दा भेटिए । तर उनीहरुको त्यो रोमान्स वास्तविक भने थिएन् । साउन २३ गतेबाट सार्वजनिक हुन लागेको फिल्म ‘शीशा’को शीर्ष गीत ‘शीशा’मा जीवन र लक्ष्मीको आइटम डान्समा उनीहरुलाई रोमान्टिक मुडमा भेटिएको हो ।

आर.बी.के.‘शरद’को निर्माण तथा निर्देशन रहेको फिल्मको यो गीतमा लक्की सिटौलाको स्वर र संगीत रहेको छ । गीतका कोरियोग्राफर कमल राई हुन् । फिल्ममा जीवन लुइटेल, निर्मल सेञ्चुरी, उमा बेबी, रागिनी खड्गी, शान्ती गिरी, दीपेश भण्डारीको मुख्य भूमिका छ । सिक्किम र काठमाडौंमा छायांकन गरिएको फिल्ममा मधुसुधन ढकाल, अजिता सुमार्गी, महेश ढुंगेल, विराट थापाको लगानी छ । फिल्मले जीवन शीशा जस्तो हो भन्ने भाव बोकेको छ । फिल्ममा भारतीय फूटबल टिमका पूर्व कप्तान भाइचुङ भूटियालाई विशेष भूमिकामा देख्न सकिन्छ ।

SUBSCRIBE 👉