राजाराम बने फिल्मी एजेन्ट


Rajaram-Paudel
ग्ल्यामर नेपाल, काठमाडौं । हाँस्य टेलिश्रृंखलादेखि फिल्मको यात्रासम्म विभिन्न भूमिकामा देखिँदै आएका चर्चित हाँस्यकलाकार राजाराम पौडेललाई अब टेलिभिजनका दर्शकहरुले अलिक भिन्न भूमिकामा हेर्न पाउने भएका छन् । हिमालय टेलिभिजनबाट प्रत्येक मंगलबार प्रसारण भइरहेको ‘फिल्मी चेकपोष्ट’मा राजारामलाई फिल्मी एजेन्टको रुपमा देख्न पाइने भएको छ । यो टेलिभिजन शोमा उनको नाम ओष्कारनाथ पावरवाला हुनेछ, जो आफुलाई नेपाली फिल्म उद्योगका ज्ञाता ठान्दछन् ।

‘म फिल्मी चेकपोष्टमा बसेर फिल्मका बारेमा निकै गफ दिन्छु भने निर्माता, निर्देशक, कलाकार सबैलाई फिल्म बारेमा सिकाउन तम्सिन्छु,’राजारामले आफ्नो कामबारे भने,‘ नेपाली फिल्मलाई ओष्कार अवार्डसम्म पु¥याउने आफ्नो लक्ष्य रहेको भनी गफ दिन माहिर म अड्किएका फिल्म, सुटिङ्ग रोकिएका फिल्म, प्रोमोसनमा आर्थिक अभाव भईरहेका फिल्महरु सबैलाई आफै सहयोग गर्ने बचन दिने गर्छु । फिल्मी गीत, संगीत, प्रोमो पास गराउन आफै चेकपोष्ट धाउने गर्छु ।’ मह जोडीको चर्चित हाँस्य टेलिश्रंखला ‘१५ गते’ र ‘विज्ञापन’का लमी, ‘सुर–बेसुर’का प्रधानपञ्च, फिल्म ‘ट्रक ड्राइभर’का फुके, ‘चुनौति’का बिच्छी देखि लिएर ‘जिरे खुर्सानी’मा परेको बेहोर्ने ठुला बाका रुपमा राजाराम परिचित छन् ।

मह स्टुडियो बुढानिलकण्ठमा बनाइएको चेकपोष्टको सेटमा नेपाली फिल्म बजारको पछिल्लो अवस्थाको बारेमा रमाईलो बहस हुनेछ । बहसमा निर्माता छविराज ओझा, निर्देशक दिपेन्द्र के खनाल, फिल्म समीक्षकद्वय दिपेन्द्र लामा र शुशील पौडेल हुनेछन् । फर्सी नेटवर्कले राती ८ बजे नै ‘मज्जा’ शिर्षकमा हरेका रात ८ बजे हिमालय टेलिभिजनमा फरक–फरक कार्यक्रमहरु प्रसारण गरिरहेको छ।

SUBSCRIBE 👉