मलेसिया उड्न काठमाडौं आइन् निरुता


niruta-singh ग्ल्यामर नेपाल, काठमाडौं। पछिल्लो समय मुम्बईमा बस्दै आएकी नायिका निरुता सिंह काठमाडौं आएकी छिन्। उनी आउँदो ३१ जनवरीमा मलेसियामा हुने नेफ्टा अवार्डमा सहभागि हुन नेपाल आएकी हुन्। अवार्ड समारोहमा सहभागि हुने उनी २६ जनवरीमा मलेसिया उड्ने छिन्।

निरुतालाई अवार्ड आयोजक नेपाल चलचित्र प्राविधक संघका अध्यक्ष मनोज केसी र उपाध्यक्ष प्रकाश महराले एयरपोर्टमा रिसिभ गरेका थिए। एयरपोर्टमा उत्रिनासाथ सञ्चारकर्मीसँग कुरा गर्दै यी सुन्दरीले काठमाडौंको वातावरण निकै रमाइलो लागेको प्रतिक्रिया दिइन्। जाडोदेखि डराउने उनी आज घाम लागेकोले थप हषिर्त भएकी हुन्।

भोलीबाट निरुता नृत्य प्रशिक्षणमा व्यस्त हुनेछिन्। यो एक हप्ताको बसाईंमा उनले अवार्ड समारोहको वेलकम डान्सको अभ्यास गर्नेछिन्। केही समय अगाडी पनि अवार्डमै प्रस्तुत गर्ने डान्स अभ्यास गर्न काठमाडौं आएकी थिइन्। निरुतासँगै २६ जनवरीमा रेखा थापा, झरना थापा, सविन श्रेष्ठलगाएतका कलाकार पनि मलेसिया उड्नेछन्।

रेखा र निरुतालाई आयोजकले विशेष आकर्षणको रुपमा प्रस्तुत गर्ने योजना बनाएको छ। सोही कारण उनीहरुलाई अवार्ड हुनुभन्दा हप्ता दिन अगाडि मलेसिया लैजाने तयारी भइरहेको छ। अन्य कलाकार तथा प्राविधिकहरुको टोली भने माघ १६ गते मात्र मलेसिया प्रस्थान गर्ने अध्यक्ष केसीले जानकारी दिएका छन्।

नेफ्टा अवार्डको नोमिनेसनमा को को परेका छन् त ?? भिडियो हेर्नुहोस 

SUBSCRIBE 👉