ऋतिकसँग सुसानेले मागिन ४ सय करोड(भिडीयो)


Hritik-Sushane
बलिउडका चर्चित जोडी ऋतिक रोशन र उनकी श्रीमति सुसाने रोशनबीचको सम्बन्धविच्छेदको समाचार यसअघि मिडियामा त आएकै हो । अहिले पुनः अर्को नयाँ कुराले सञ्चारमाध्यममा हंगामा भएको छ । समाचार अनुसार सुसानेले ऋतिकबाट सम्बन्धविच्छेदबापत ४ सय करोड रुपैंयाँ माग गरेकी छन् । तर ऋतिकको परिवारले डिभोर्सको मामला ३ सय ८० करोडमा फाइनल भएको दाबी गरेको छ ।

कुरा के हो, त्यो दुवैले जानून । एउटा कुरा के हो भने सम्पत्तिको भागबण्डाको सवालमा सुसानेले राखेको पैसाको मागले भने उनीहरुको परिवारमा पनि हलचल ल्याइदिएको छ । यो जोडी केही दिन अघि उनीहरुको छोराको जन्मदिनमा सँगै देखिएका थिए ।

SUBSCRIBE 👉