जितु र साम्राज्ञीको जोडी ‘ह्यारी कि प्यारी’ (ट्रेलर)


साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारी कि प्यारी’को ट्रेलर रिलिज गरिएको छ। आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दैफिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमामा कमेडी, रोमान्स, समसामयिक बिषयबस्तु समाबेश गरिएको छ।

भोला रिजाल प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपाल संगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ। ट्रेलरमा अभिनेत्री रेखा थापाको नृत्यको एक झलक हेर्न सकिन्छ।

डाक्टर कपिल रिजालको प्रस्तुति निर्माण भएको फिल्ममा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले मिलेर पटकथा र संवाद लेखेका हुन्। दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका छन्।

फिल्ममा डा. भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ। सुदीप बरालको छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्।

माघ २० गतेबाट रिलिज हुने फिल्मको ट्रेलर हेर्नुहोस्।

SUBSCRIBE 👉