झरना थापाको ‘भगवत् गीता’मा अभिनेता विपिन कार्कीको प्रवेश


अभिनेत्री झरना थापाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘भगवत् गीता’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्। फिल्म निर्माण टिम र अभिनेता कार्कीबीच औपचारिक रुपमा लिखित सम्झौता भएको छ।

सुनीलकुमार थापाले निर्माण गर्ने फिल्ममा अभिनेता धीरज मगर र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहने बताईएको छ। माघ २० गतेबाट छायाङ्कन सुरु हुने फिल्म आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति तय गरिएको छ। यसअघि विपिन कार्की अभिनित फिल्म ‘प्रसाद २’ ले पनि प्रदर्शन मिति बैशाख १ गते तय गरेको छ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म जनकपुर, दार्चुला, मनाङ्ग र काठमाडौंमा छायांकन गरिने बताईएको छ। फिल्म माघ २० गतेदेखि छायांकनमा जाने फिल्मलाई सञ्जय लामाले खिच्नेछन् भने साहिल खानले सम्पादन गर्नेछन्।

SUBSCRIBE 👉