लिम्बु समुदायको प्रेमकथा: दयाहाङ र मिरुनाको ‘जारी’ वैशाख १ मा


दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म ‘जारी’ले आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरेको छ। प्रदर्शन मिति घोषणा गर्दै फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। यसअघि दयाहाङ र मिरुना ‘कबड्डी ४’ मा एकसाथ देखिएका थिए। यो फिल्म उपेन्द्र सुब्बाको डेब्यु निर्देशन हो ।

पोस्टरले प्रमुख पात्रको मनोदशालाई चित्रण गर्छ। पोस्टरमा दयाहाङ र मिरुना गम्भीर मुद्रामा देखिएका छन्।

पूर्वी पहाडको लिम्बु समुदायको प्रेमकथामा आधारित छ। आफ्नी श्रीमतीलाई फिर्ता ल्याउन पुरुषले गर्नु परेको संघर्षलाई फिल्मले प्रस्तुत गरेको छ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म बाँसुरी फिल्म्स ब्यानरमा निर्माण भएको हो। उपेन्द्र सुब्बाले यसै फिल्म मार्फत फिल्म निर्देशन सुरु गरेका हुन्। यतिबेला उपेन्द्र सुब्बा टेलिभिजन रियालिटी शो ‘पोएट आइडल’मा निर्णायकको रुपमा समेत छन्।

फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपालको अभिनय छ। फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ।

SUBSCRIBE 👉