नन्दिता बनिन् आइटम गर्ल(भिडियो)


Nandita-KC
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्म उद्योगकी सुन्दरी नायिका नन्दिता केसीलाई फिल्ममा होस् या बाहिर सोझी र सामान्य शैलीकी नायिकाको रुपमा चिनिन्छ । करिब एक दशकदेखि फिल्ममा भिन्न भिन्न किसिमका सोझा भूमिकामा अभिनय गर्दै आएकी उनलाई अब आइटम गर्लका रुपमा हेर्न पाइने भएको छ ।

उनले फिल्म ‘जंगबहादुरको कोट’का लागि आइटम डान्स गरेकी हुन् । नन्दिता हालै ठमेलको एक बारमा ‘आई नीड योर लभ बेबी’ भन्दै नृत्यरत अवस्थामा भेटिईन् । आशिष भेटवालले पहिलोपटक निर्देशन गरेको यो फिल्मको गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । एक्सन र थ्रिलर शैलीको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

फिल्ममा विमलेष अधिकारी, अनुप बराल, विश्व बस्नेत, सुचित्रा आचार्य, सुवांगी कोइराला, मोहन निरौला, रश्मी भट्टलगायतको अभिनय रहेको छ । अष्ट्रेलियामा ३० प्रतिशत सुटिङ गरिएको फिल्म अब १० दिनमा सकिनेछ । जयन खड्काको लगानीमा निर्माण हुँदै गरेको फिल्ममा योगेन खड्काको कथा र आशिष भेटवालकै पटकथा र संवाद रहेको छ ।

SUBSCRIBE 👉