धिरज मगर अभिनित ‘ज्याकी: आई एम ट्वान्टी वान’ को फर्स्ट लुक भिडियो


रेनशा राई राणा निर्देशित फिल्म ‘ज्याकी: आई एम ट्वान्टी वान’ को फर्स्ट लुक भिडियो बाहिरिएको छ। फिल्म निर्माण कम्पनि ‘आइकोर फिल्म्स’ले सार्वजनिक गरेको भिडियोमा अभिनेता धिरज मगरलाई एक डान्सरको भूमिकामा प्रस्तुत गरिएकाे छ। फर्स्ट लुक भिडियोले फिल्म डान्सको कथामा आधारित रहेको प्रस्ट्याउछ।

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माणमा तयार भएको फिल्ममा धिरजसँगै जसिता गुरुङ र अरुण क्षेत्रीको पनि मुख्य भूमिका छ। फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी छ।

यो फिल्म वैशाख २१ गतेबाट प्रदर्शन हुने तयारीमा छ। रेनशाले निर्देशन गरेको पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो। ‘इन्टुमिन्टु लण्डनमा’पछि धीरज र आइकोरबीच यो दोस्रो सहकार्य हो ।

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.