आमा बन्दै क्याट्रिना


Katrina-Kaif
बलिउडकी सुन्दरी नायिका क्याट्रिना कैफ चाँडै नै नयाँ अवतारका रुपमा दर्शकमाझ आउने भएकी छन् । उनको अवतार केबल प्रेमिका या बहिनीको रुपमा भने होईन, उनी पहिलोपटक फिल्ममा आमाको भूमिकामा देखिँदैछिन् ।

फिल्म निर्देशक सञ्जय घोषले आफ्नो फिल्ममा आमाको भूमिकामा अभिनय गर्नका लागि नायिकालाई प्रस्ताव गरिसकेका छन् । खबर अनुसार क्याट्रिना फिल्ममा ‘सिंगल मदर’को भूमिकामा देखिने सम्भावना छ । घोषको फिल्म जापानी उपन्यास ‘द डिभोसन अफ सस्पेक्ट एक्स’मा आधारित हुनेछ । तर क्याट्रिना र घोषको तर्फबाट आधिकारिक रुपमा केही कुरा बाहिर आएको छैन ।

घोष आफ्नो फिल्ममा महिला अभिनेत्रीलाई विशेष स्थान दिने निर्देशकका रुपमा चिनिन्छन् । उनले निर्देशन गरेको फिल्म ‘कहानी’ले बजारमा दर्शकको राम्रो प्रशंसा पाएको थियो । यो फिल्ममा विद्या वालन प्रमुख भूमिकामा थिईन् ।

SUBSCRIBE 👉