भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’ पुन: प्रर्दशन हुने

१३ बर्ष अघिनै रिलिज गरिएको फिल्मलाई भक्तराज आचार्य प्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले फिल्मको पुन : प्रर्दशन गर्न लागेको हो। फिल्ममा भक्तराजको निधन पछिको दृश्यहरू पनि थपिएको छ।


असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपनदेखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ।

१३ बर्ष अघि नै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य प्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आउँने असार ७ गते देखि फिल्मको पुनः प्रर्दशन गर्न लागेको हो। यसपटक प्रदर्शन गर्ने फिल्ममा भक्तराजको निधन पश्चताका दृश्यहरू पनि थपिएको छ।

फिल्ममा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन। उनले यो फिल्ममा भक्तराजको छायाँलाई समेत दुरुस्तै उतारेका छन। ट्रेलरमा अरुणा कार्की भक्तराजको श्रीमती भएर खेलेकी छिन भने सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई , विपिन कार्कीलगायतको पनि अभिनय छ।

रोशन राई निर्माता रहेको फिल्म प्रशान्त रसाईलीले निर्देशन गरेका हुन्। यो फिल्म देवजंग थापाले पुन सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉