नयाँ वर्षमा विवाह गर्दै दीपिका–रणवीर


Deepika--Ranabir
बलिउडका पछिल्लो हिट जोडी रणवीर सिंह र दीपिका पादुकोणले आगामी वर्षमा विवाह गर्ने योजना बनाएका छन् । दुवैजनासँग एकसाथ काम गरिरहेका कलाकारका अनुसार दीपिका र रणवीर एकअर्काका लिएर गम्भीर छन् । ‘उनीहरु आम मानिसबीच हुँदा एउटा मिल्ने साथीको व्यवहार गर्छन, तर जब भीडभन्दा बाहिर एकान्तमा पुग्छन, तब एकापसमा मायाको भावना जागृत गराउँछन् ।’ ती निर्देशकले भनेका छन् ।

हाल जोया अख्तरको फिल्म ‘दिल धड़कने दो’मा काम गरिरहेका यो जोडीको अफेयरको बारेमा फिल्म युनिटलाई थाहा छ । ‘रणवीर हामीसँग इस्तानबुलमा काम गरिरहेका थिए, दीपिका र रणवीर कति नजिक छन् भन्ने कुराको मलाई कुनै हेक्का थिएन, एकदिन मैले दीपिकालाई अचानक सेटमा पुगेको देखें । मलाई लाग्यो कि दीपिकाको यहाँ गेष्ट अपेरियन्स छ र यो कुरा मैले जब जोयालाई सोधें तब जोया मुस्कुराईन् मात्र । उनीहरुको रोमान्स यतिसम्म पुगेको छ भन्ने मलाई थाहा थिएन, जोया र अन्य कलाकारका अनुसार यो जोडीले आगामी नयाँ वर्षमा विवाहको योजना बनाएका छन् ।’ ती कलाकारले भने ।

स्रोतका अनुसार दुवैजना सन् २०१५ मा विवाह गर्ने योजना बनाईरहेका छन् । उनीहरुको सम्बन्ध सञ्जयलीला भन्सालीको फिल्म ‘रामलीला’को बेलादेखि गहिरो रुपमा बढेको छ । यसअघि भन्सालीकै फिल्म ‘हम दिल दे चुके सनम’मा काम गर्दा ऐश्वर्या राय र सलमानको सम्बन्ध पनि प्रगाढ बनेको थियो ।

SUBSCRIBE 👉