नितालाई स्वेतले झ्याप्प पार्दा


BhulBhulaiya-Movie
ग्ल्यामर नेपाल, काठमाडौं । सार्वजनिकस्थलमा कुनै नायकले नायिकालाई ‘झ्याप्प’ पारेर समात्नु आफैमा लाजमर्दो कुरा हो । राजधानीको बालाजुमा रहेको नेपाल चलचित्र विकास संस्थानको ल्याबमा गत शुक्रबार नायिका निता ढुंगानालाई नायक स्वेत मानन्धर यसैगरी झ्याप्प समात्दै थिए । उनीहरुको समाउने काम भइरहँदा त्यही अगाडि रहेका केही मानिसहरु भने रमाईरमाई उक्त दृश्य हेरिरहेका थिए । जब निर्देशक योगेश घिमिरेले ‘कट’ गरे तब थाहा भयो, त्यो दृश्य फिल्मको सुटिङको थियो ।

दीपककुमार पोखरेलको निर्माणमा योगेशले निर्देशन गरेको फिल्म ‘भूल भुलैया’ले गीतबाट आफ्नो सुटिङ शुरु गरेको हो । फिल्ममा निता, स्वेत र जीवन लुँइटेल प्रमुख भूमिकामा देखिनेछन् । नायिका ढुंगानाले पनि गीत राम्रो बनेकोमा खुशी व्यक्त गरिन् । आकर्षक सेट बनाएर छायांकन भएको गीतको प्रतिक्रिया पनि राम्रो आउनेमा निर्देशक आशावादी देखिए ।

बसन्त सापकोटाको संगीतमा तयार भएको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । निरज ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहालको पनि लगानी छ । फिल्म चैत्र १३ अल नेपाल रिलिज हुनेछ ।

SUBSCRIBE 👉