
Sunita Dulal weds Rajesh KC
नेपाली लोक गीत क्षेत्रकी चर्चित गायिका सुनिता दुलाल यो महिना विवाहको प्रसंगले निक्कै चर्चामा रहिन। ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमी राजेश केसी सँग गत बिहीबार इन्गेजमेन्ट गरेकि सुनिता दुलालले शनिबार लगनगाँठो कसेकी छिन्।
मूलपानीस्थित एक रिसोर्टमा वैवाहिक समारोह आयोजना गरिएको थियो। समारोहमा परिवार, आफन्त र निकट कलाकारहरु सहभागी थिए।
निर्माण व्यवसायी समेत रहेका राजेश इन्जिनियर हुन्। रुकुम पश्चिम मुसिकोट स्थायी घर भएका राजेश पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएका छन्। राजेश नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य पनि हुन्।
विशेष गरी नेपाली लोक गित तथा तीज गीतमा सुनिता दुलालको छुट्टै पहिचान छ।











