
Writer, Director Bensiha Hamal | Actress Barsha Raut – image from the short film Missing Bride
अभिनेत्री बेनिशा हमालले आफुले निर्देशन गरेको छोटो फिल्म ‘मिसिङ ब्राइड’ रिलिज गरेकी छिन्। १३ मिनेट लामो छोटो फिल्मको कथा समेत बेनिशा आफैले लेखेकी हुन्।
एक अपार्टमेन्टको रहस्यमय कथामा बनेको यो छोटो फिल्ममा वर्षा राउत, विवेक सिंह ठकुरी, लक्ष्मण प्रसाद अधिकारी र कोमल शेरचनले अभिनय गरेका छन्। फिल्ममा वर्षा राउत बेहुलीको भूमिकामा छिन् भने विवेक सिंह ठकुरी लेखकको भूमिकामा देखिएका छन्।
‘मिसिङ ब्राइड’ सर्ट फिल्म हेर्न यहाँ क्लिक गर्नुहोस्
बेनिशाले लेखन, निर्माण र निर्देशन सबै विधामा आफ्नो पहिलो अनुभव रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत उनले फिल्मको लिंक सेयर गरेकी छिन्।
बेनिशा लेख्छिन्, ‘लेखन, निर्देशन र निर्माण सबैमा मेरो पहिलो अनुभव। तीन वर्ष अघि बनाएको काम आज साझा गर्न ढिलो भएपनि, यसलाई तपाईंहरूसामु ल्याउन पाउँदा धेरै खुशी छु। यो यात्रा साँच्चै नै सुन्दर र सिकाइले भरिएको रह्यो। यसमा साथ दिनु हुने सबै कलाकार, टेक्निकल टिम र यो समयभरि मलाई हौसला र साथ दिनेसाथीहरू सबैलाई मनदेखि धन्यवाद।’
निर्देशक सुदीप्ताको फिल्म ‘रमिताको पिरति’ टिजर भिडियो हेर्नुहोस्
