रेखाका लागि सुदर्शनको यो कस्तो बलिदान ? (भिडियो)


Rekha-Thapa-Sudarshan-Gautam-kissing-Photo-2
ग्ल्यामर नेपाल, काठमाडौं । प्रेम यस्तो चिज हो, जसका लागि मान्छे आफ्नो ज्यान नै दिन पनि पछि पर्दैन् । मान्छेको ज्यानै गएपछि उसको विचारको पनि कुनै अर्थ नै हुँदैन, किनकी ज्यानसँगै उसको विचार पनि गईसकेको हुन्छ । अभिनेत्री रेखा थापाले निर्माण तथा निर्देशन गरेको फिल्म ‘हिम्मतवाली’को सार्वजनिक नयाँ ट्रेलरमा फिल्मका अर्का प्रमुख कलाकार सुदर्शन गौतमले उनै रेखका लागि चाहिँ ‘प्रेमका लागि म आफ्नो विचारको बलिदान दिन सक्दिन’ भन्दै आफ्नो महत्वाकांक्षा प्रस्तुत गरेका छन् ।

एक्सनले भरिपूर्ण ट्रेलरमा रेखालाई लभर गर्लसँगै एक्सन गर्लका रुपमा पनि प्रस्तुत गरिएको छ । फिल्म आगामी बडादशैंको फूलपातीका दिनबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । सुदर्शनको दुवै हात छैन, त्यसकारण पनि उनले यो फिल्ममार्फत संसारमै पहिलोपटक दुवै हात नभएका नायकको रुपमा आफुलाई उभ्याउँदैछन् ।

रेखाकी आमा सरस्वती थापालाई निर्मात्रीका रुपमा प्रस्तुत गरिएको फिल्ममा शिवम अधिकारीको कथा, बसन्त श्रेष्ठ र कमल राईको नृत्य, चन्द्र पन्तको द्वन्द्व, बसन्त सापकोटा र टंक बुढाथोकीको संगीत र रामशरण उप्रेतीको छायांकन रहेको छ । रेखाका लागि विचारको बलिदान दिन नसक्ने सुदर्शनले रेखालाई के दिने हुन्, त्यो थाहा पाउन चाहिँ दर्शकले फूलपातीसम्म कुर्नुपर्ने हुन्छ ।

हेर्नुहोस हिम्मतवालीको नयाँ ट्रेलर

SUBSCRIBE 👉