अशोक र सृष्टिको रोमान्टिक मुड, अन्जु पन्तको स्वरमा फिल्म ‘कुम्भ’को गीत

फिल्म ‘कुम्भ’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ। अशोक आर्यन र सृष्टि खड्काको केमेस्ट्री देखिएको फिल्म जेठ १५ मा रिलिज हुँदैछ।


Nepali movie ‘Kumbh’ romantic song featuring Ashok Aryan and Srishti Khadka.

आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कुम्भ’ले आफ्नो पहिलो गीत सार्वजनिक गर्दै औपचारिक प्रचार–प्रसार सुरु गरेको छ। निर्देशक रन्धिर श्रेष्ठ को लेखन तथा निर्देशनमा बनेको यस फिल्मको रोमान्टिक गीत राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

‘स्वर्गकी परी’ बोलको गीतको भिडियोमा नवनायक अशोक आर्यन र नव नायिका सृष्टि खड्का को रोमान्टिक केमेस्ट्री प्रस्तुत गरिएको छ। आकर्षक लोकेसन र दृश्य संयोजनले गीतलाई थप मनमोहक बनाएको छ। गीतमा अन्जु पन्त र अनुप तिवारीको स्वर रहेको छ। शब्द निर्देशक श्रेष्ठकै हो भने अनुप तिवारीले संगीत भरेका हुन्।


भिडियो हेर्नुहोस्:
फिल्म ‘कुम्भ’को ‘स्वर्गकी परी’ – अशोक आर्यन र नव नायिका सृष्टि खड्का को रोमान्टिक मुड


कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली विशेष अतिथिका रूपमा उपस्थित थिए। उनले गीतको छायांकन, लोकेसन र प्राविधिक पक्षको प्रशंसा गर्दै फिल्म दर्शकलाई मन पर्ने विश्वास व्यक्त गरे।

निर्देशक श्रेष्ठले ‘कुम्भ’लाई प्राविधिक रूपमा बलियो बनाउने प्रयास गरिएको बताए। उनले एक्सनमा केही नयाँ प्रयोग गरिएको र दक्षिण भारतीय फिल्म ‘कान्तारा’मा काम गरेका द्वन्द कलाकारहरूको समेत संलग्नता रहेको खुलाए। लामो समयदेखि म्युजिक भिडियो र छायांकन क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले ‘कुम्भ’मार्फत एक्सन–लभ स्टोरी प्रस्तुत गरेका हुन्।

नायक अशोक आर्यनले आफ्नो डेब्यू फिल्म भएकाले आफूले सकेसम्म मेहनत गरेको बताएका छन्।

ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन गरिनेछ। फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुर को पनि अभिनय रहेको छ।

फिल्ममा अशोक आर्यन, सृष्टि खड्का, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा र अफ्सना थापाको मुख्य भूमिका रहेको छ।

नेपाल र दक्षिण भारतका विभिन्न लोकेसनमा छायांकन गरिएको यस फिल्मले ठूलो स्केलको एक्सन र फरक भिजुअल शैली प्रस्तुत गर्ने दाबी गरिएको छ।

फिल्मको छायांकन तथा सम्पादन स्वयं निर्देशक श्रेष्ठले गरेका छन् भने द्वन्द्व निर्देशन संजय थापा ले सम्हालेका छन्। निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न छन् भने कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती रहेका छन्।


यो पनि पढ्नुहोस्:
पहिलो पटक आमाछोरीको स्क्रिन केमेस्ट्री: ‘बाः एक योद्धा’मा झरना र सुहाना थापा


SUBSCRIBE 👉