थापा र योगीलाई चेतनारायण–बसुन्धरा पुरस्कार


Basudnara-Bhusalग्ल्यामर नेपाल, काठमाडौं । चेतनारायण–बसुन्धरा भुसाल सम्मान पुरस्कार गुठीको हालै बसेको बैठकले २०७० सालको ‘चेतनारायण–बसुन्धरा सम्मान पुरस्कार’ वरिष्ठ संगीतज्ञ गोपालनाथ योगी र वरिष्ठ कलाकार भिमबहादुर थापालाई प्रदान गर्ने निर्णय गरेको छ । उनीहरुलाई ताम्रपत्रसहित जनही २५ हजार ५ सय १ रुपैंयाँ प्रदान गरिनेछ ।

गुठीकी अध्यक्ष बसुन्धरा भुषालद्वारा जारी विज्ञप्ती अनुसार २०५८ सालदेखि नै गुठीले हरेक वर्ष वरिष्ठ कलाकारहरुलाई सम्मानित तथा पुरस्कृत गर्दै आएको छ । यस्तै गुठीको संयोजनमा प्रदान हुँदै आएको ‘न्यूयोर्क कला मञ्च सम्मान– पुरस्कार’बाट वरिष्ठ नृत्य निर्देशक बसन्तजंग रायमाझी र वरिष्ठ लोकगायिका तथा संकलक चन्द्रकला शाहलाई प्रदान गरिनेछ ।

न्युयोर्क कला मञ्चले ई.सं.२००२ देखि यो सम्मान प्रदान गर्दै आएको छ । दुवैलाई ताम्रपत्रसहित जनही २५ हजार ५ सय १) रुपैंयाँ प्रदान गरिनेछ । गुठीले नेपाल प्रज्ञा प्रतिष्ठानमा भाद्र २० गते कार्यक्रम गर्दै उनीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्न लागेको हो ।

SUBSCRIBE 👉