पारिवारिक सम्बन्धको उतारचढाव देखाउँदै ‘काजी’ फिल्मको ट्रेलर रिलिज

बिपिन कार्की र केकी अधिकारी अभिनीत नेपाली फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ। पारिवारिक सम्बन्ध र भावनात्मक उतारचढावमा आधारित फिल्म आगामी मे २२ देखि प्रदर्शनमा आउनेछ।


Keki Adhikari and Bipin Karki Image From the movie KAJI

नेपाली फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट ६ सेकेन्ड लामो ट्रेलरले फिल्मको कथा, पारिवारिक सम्बन्ध र भावनात्मक उतारचढावलाई रोचक ढंगले प्रस्तुत गरेको छ।

सार्वजनिक ट्रेलरमा अभिनेता बिपिन कार्की ‘काजी’को भूमिकामा देखिएका छन् भने अभिनेत्री केकी अधिकारी ‘काजिनी’को भूमिकामा प्रस्तुत भएकी छन्। ट्रेलरले परिवारभित्रको सम्बन्ध, संघर्ष, प्रेम र जिम्मेवारीको कथालाई संकेत गर्छ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा बिपिन कार्की र केकी अधिकारीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मि भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोशी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्यालको अभिनय रहेको छ।


परिवार भित्रको सम्बन्ध, संघर्ष, प्रेम र जिम्मेवारीको कथा: फिल्म काजीको ट्रेलर हेर्नुहोस्


रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। फिल्मको कथा तथा पटकथा प्रदीप भारद्वाजले तयार गरेका छन्।

फिल्ममा छायांकन चिन्तन राजभण्डारी, संगीत कालीप्रसाद बास्कोटा, प्रोडक्सन डिजाइन ओजस्वी ओझा, कलर संयोजन श्याम कुँवर, साउन्ड डिजाइन सागर अर्याल र ब्याकग्राउन्ड स्कोर सुजिल कर्माचार्यको रहेको छ।

यसका साथै फिल्मको क्रियटिभ हेड रोनाल्ड श्रेष्ठ रहेका छन् भने कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। निर्माण प्रमुख प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादन बिपिन मल्लले गरेका हुन्।

फिल्मका कार्यकारी निर्माता असिम काफ्ले हुन् भने निर्माता नेहान रिजाल र विकासराज जोशी रहेका छन्। फिल्मलाई श्रीराम बालाजी फिल्म्सले देशभर वितरण गर्नेछ। यो फिल्म आगामी मे २२ गतेदेखि देशभर प्रदर्शनमा आउदै छ।


यो पनि पढ्नुहोस् : बलिउड गायक कैलाश खेरको आवाजमा नेपाली फिल्म ‘I Am Jit Bahadaur’ को गीत


SUBSCRIBE 👉