
ग्ल्यामर नेपाल, काठमाडौं । फिल्ममा आउनु अघि नायिका शिल्पा पोखरेल म्युजिक भिडियोमा मोडलिङ गर्थिन् । सम्भवत उनको अभिनयको कुशलता देखेर नै निर्माता छविराज ओझाले आफ्नो फिल्म ‘लज्जा’मा नायिकाको रुपमा डेब्यु गराए । म्युजिक भिडियोमा मोडलिङ गर्दा धेरै जनाको पछि लागेकै कारणले होला यी नायिका फिल्म ‘लज्जा’मा पनि आफ्नो पछि दुनियाँ लाग्ने भन्दै दर्शकमाझ आउन लाग्दैछिन् ।
फिल्मको सार्वजनिक ट्रेलरमा शिल्पाले ‘दुनियाँको पछि लाग्दा लाग्दा थाकिसेछु, अब दुनियाँ मेरो पछि लाग्नेछ’ भन्दै बोलेको संवाद निकै मर्मस्पर्शी र संवेदनशिल रहेको छ । कार्तिक ७ देखि प्रदर्शन हुने फिल्मका निर्देशक नवल नेपाल हुन् । फिल्ममा शिल्पाको अपोजिटमा अभिनेता आर्यन सिग्देल रहेका छन् । छविराज प्रोडक्सनको व्यानरमा निर्मित फिल्मले पारिवारिक प्रेम कथा बोकेको छ । फिल्ममा चेतन सापकोटाको संगीत, कविराज गहतराजको नृत्य, चन्द्र पन्तको द्वन्द्व र मदनकश्यप घिमिरेको छायांकन रहेको छ ।
