शुक्रबारै जन्मदिन मनाइन दीपाले


Deepa-Shree
ग्ल्यामर नेपाल, काठमाडौं । टेलिभिजनकी चर्चित हाँस्यकलाकार दीपाश्री निरौलाको जन्मदिन तिथिको हिसाबले शनिवार हो, तर उनले शुक्रबार नै जन्मदिनको केक काटेकी छन् । हरेक जन्मदिनमा सहकर्मी दीपकराज गिरीसँगै रहेपनि यसपटकको जन्मदिनमा भने उनले एक्लै केक काटिन् ।

हाँस्यपरक रेडियो रेडियो अडियोले दिपाको जन्मदिनकै दिन केक काट्ने गरेपनि यसपटक चाहिँ अघिल्लैदिन केक काट्ने व्यवस्था गरेको हो । शुक्रबार राती ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुने फर्सी नेटवर्कले उत्पादन गरेको कार्यक्रम ‘परिको सरी’को सेटमा दीपाले केक काटिन् । ‘केक खान बाट दिपक छुट्यो’ हल्का खुशी अनुहार बनाउँदै उनले भनिन् ‘अलिकति केक पेपरमा ¥याप गरेर दिपकलाई पनि लगिदिउँकी ?’ शनिवार आफुले चारवटा केक काट्ने उनले बताईन् ।

जन्मदिनको दिनको योजना सुनाउँदै दीपाले बिहानै उठेर पशुपतिनाथको दर्शन गर्न जानेदेखि विराटनगरमा बुवालाई फोन गरेर आर्शिवाद लिने, साथीहरुको सन्देशको रिप्लाई गर्ने, अनि गाईजात्रे कार्यक्रममा सहभागी हुने बताईन् । दिपकराजसँगको सहकार्यले आफु यहाँसम्म आईपुगेको बताउदै उनले दिपकलाई आफ्नो ‘मनको सबैभन्दा नजिकको साथी’ भन्न पनि भ्याईन। उनीहरु मिलेर खेलेको ‘दिदि’ (दिपक दिपा) नामक संस्थाको माध्यमबाट सातजना केटाकेटीलाई पढाईरहेका पनि छन् । दिपक दिपाको संस्थाको लागि भनेर महिला दिदी बहिनीहरुको सहकारी उपासना महिला तीज विशेष कार्यक्रममा एउटा केक काट्ने कार्यक्रम राखेको छ । कति उमेर पुगियो भनि गरिएको प्रश्नमा उनले उत्तर थियो,‘दिपाश्रीमा छ दम, पुगें ४० मा एक कम, मिलाएर आफै बुझ्नुहोला’ ।

SUBSCRIBE 👉