राम लखनको रिमेक बन्दै


Ram-Lakhan
बलिउडका चर्चित निर्माता तथा निर्देशक सुवास घइले सन् १९८९ मा बनाएको फिल्म ‘राम लखन’को रिमेक हुने भएको छ । बलिउडका ख्यातीप्राप्त निर्माता करण जोहारले मुक्ता आर्टस्सँग मिलेर रिमेक गर्न लागेको फिल्मका निर्देशक रोहित सेठ्ठी हुनेछन् ।

करणको धर्मा प्रोडक्सनले ट्वीटर ट्वीट गरेको छ,‘यहाँ एउटा ठूलो घोषणा हुँदैछ, रोहित सेठ्ठी र करण जोहारले मुक्ता आर्टससँग सहकार्य गर्दै सन् २०१६ मा राम लखनको रिमेक गर्नेछ ।’ ओरिजिनल ‘राम लखन’मा अनिल कपुर, ज्याकी श्राफ, माधुरी दिक्षित, डिम्पल कपाडिया र राखीले अभिनय रहेका छन् । समाचार अनुसार रिमेकमा ‘स्टुडेण्ट अफ द इयर’का कलाकारद्वय वरुण धवन र सिद्धार्थ मलहोत्रा वा ‘गुण्डे’का नायकद्वय रणवीर सिंह र अर्जुन कपुर लिड रोलमा हुने सम्भावना रहेको छ ।

SUBSCRIBE 👉