छ एकान छको आर्थिक सहयोग


cha-ekan-cha
ग्ल्यामर नेपाल, काठमाडौं । गत वर्षको हिट फिल्म ‘छ एकान छ’ले आइतबार सक्सेस पार्टी गर्दै व्यक्ति तथा संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । फिल्मका निर्माता दीपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्माले फिल्मको सफलता पछि प्राप्त नाफालाई पत्रकारमाझ प्राविधिक र कलाकारलाई बाँडेका छन् ।

निर्मातात्रयले स्वर्गीय निर्देशक शिव रेग्मीको परिवारलाई ५१ हजार, देशभर गएको बाढी पहिरोबाट पीडित बनेकाको सहयोगार्थ २५ हजार र चलचित्र पत्रकार संघलाई १५ हजार रुपैंयाँ सहयोगको घोषणा गरे । फिल्मले सक्सेस पार्टी गरे पनि फिल्मका निर्देशक दिनेश डीसी र नायिका नीता ढुंगाना भने कार्यक्रममा देखिएनन् । कार्यक्रममा निर्माता गिरीले नयाँ फिल्म ‘वडा नम्बर ६’ निर्माणको घोषणा गरेका थिए ।

SUBSCRIBE 👉