विभिन्न फिल्मलाई क्रिटिक अवार्ड


Reecha-Sharma
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाल चलचित्र समिक्षक समाजले सोमबार राजधानीमा विभिन्न फिल्मलाई ‘क्रिटिक्स अवार्ड’ प्रदान गरेको छ ।

समाजले २०७० सालमा प्रदर्शन भएका फिल्ममध्ये फिल्म ‘कर्कश’बाट लोकेश बज्राचार्यले ‘बेष्ट एडिटर’, ‘बधशाला’बाट शैलेन्द्र डी कार्कीले ‘बेष्ट सिनेमाटोग्राफर’, ‘साँघुरो’बाट विनोद पौडेलले ‘बेष्ट स्क्रिप्ट’, ‘उमा’बाट ऋचा शर्माले ‘बेष्ट एक्ट्रिस’, ‘मोक्ष’बाट कोशिस क्षेत्रीले ‘बेष्ट एक्टर’, ‘साँघुरो’बाट जोएस पाण्डेले ‘बेष्ट डिरेक्टर’ र ‘बधशाला’ले ‘बेष्ट फिल्म’को अवार्ड पायो ।

Koshish-Chettri

उनीहरुलाई सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल र नेपाल पत्रकार महासंघका सभापति डा. महेन्द्र विष्टले संयुक्त रुपमा अवार्ड र प्रमाणपत्र प्रदान गरेका थिए । मन्त्री डा. रिजालले आफुले फिल्म हेर्दाको अनुभव सुनाए भने डा. विष्टले समिक्षक समाजको कामको सराहना गरेका थिए । कार्यक्रममा समाजका अध्यक्ष यज्ञशले समाजले वर्षेनी रुपमा अवार्ड गर्दै लैजाने घोषणा गरे ।

SUBSCRIBE 👉